सीधै सामग्री हेर्नुहोस्
Google Play Games
मुख्य सामग्रीको सुरुको भाग।
Google Play Games

मोबाइल तथा PC मा सहज गेमिङ

आफूले खेल्न चाहेको गेम भेट्टाउनुहोस्

मोबाइल र PC मा खेल्न मिल्ने २,००,००० वटाभन्दा बढी गेमहरू भएको विश्वस्तरीय क्याटलगको अन्वेषण गर्नुहोस् र आफ्नो रुचिसँग मिल्ने गेम भेट्टाउनुहोस्

रिवार्डहरू सङ्कलन गर्नुहोस्

गेम खरिद गर्न र Points कार्यक्रमको सदस्य भएबापत विशेष लाभहरू प्राप्त गर्नका निम्ति प्रयोग गर्न मिल्ने Google Play पोइन्ट आर्जन गर्नुहोस्

गेमसम्बन्धी अद्यावधिक जानकारी प्राप्त गर्नुहोस्

तपाईंलाई मन पर्ने गेमहरूका बारेमा अद्यावधिक जानकारी र गेममा तपाईंले प्राप्त गरेका उपलब्धिहरू सबै एउटै सुविधाजनक "तपाईं" ट्याब मा उपलब्ध गराइएका छन्

जारी राखेपछि तपाईं Google Play Games on PC सम्बन्धी एउटा इमेल प्राप्त गर्नु हुने छ
थप जानकारीका लागि स्क्रोल गर्नुहोस्

आफ्ना विभिन्न डिभाइसहरूमा निर्बाध रूपमा गेम खेल्नुहोस्

तपाईं आफ्नो फोनमा जहाँसुकैबाट गेम खेलिरहनुभएको भए तापनि वा PC मा अझ ठुलो स्क्रिन र उत्कृष्ट कन्ट्रोलहरू प्रयोग गरेर गेमको अझ बढी आनन्द लिइरहनुभएको भए तापनि तपाईं आफूले छाडेकै ठाउँबाट सुरु गर्न सक्नुहोस् भन्नाका लागि आफ्नो गेम लाइब्रेरी र प्रगति सिंक गर्नुहोस्

आफ्नो रुचिसँग मिल्ने गेम भेट्टाउनुहोस्

Google Play Games मा सबै जनाका रुचिअनुसार बनाइएका मोबाइल र PC मा खेल्न सकिने २००,०० भन्दा बढी गेमहरू उपलब्ध छन्। प्रत्येक गेमका बारेमा सिफारिस र विस्तृत जानकारी पाउनुहोस् र त्यसपछि कुन चाहिँ गेम खेल्ने भन्ने कुरा थाहा पाउनुहोस्। मोबाइलPC मा उपलब्ध गेमहरू हेर्नुहोस्।

Play Points अफर
Play Points
पुरस्कार तथा रिवार्डहरू
कोइन्स
बैज

रिवार्डहरू प्राप्त गर्न खेल्नुहोस्

Google Play Points मा सामेल भएर अर्को चरणका रिवार्डहरू अनलक गर्नुहोस्। यो Google Play को रिवार्ड कार्यक्रम हो। यहाँ तपाईं छुट पाउन तथा गेमबाट किन्न मिल्ने सामग्री किन्न प्रयोग गर्न सकिने पोइन्ट तथा रिवार्डहरू प्राप्त गर्न सक्नुहुन्छ। तपाईं जति धेरै Play पोइन्ट प्राप्त गर्नुहुन्छ त्यति नै धेरै उत्कृष्ट रिवार्ड, लाभ र पैसाले किन्न नसकिने अनुभवहरू अनलक गर्नु हुने छ। अहिले नै सामेल हुनुहोस्

स्ट्रिकहरू
छुटहरू
गेमहरू
उपलब्धिहरू

गेमिङसम्बन्धी व्यवस्थित जानकारी

तपाईंको गेमर प्रोफाइल "तपाईं" ट्याबमा उपलब्ध छ। तपाईं मोबाइलमा प्रोफाइल आइकनमा क्लिक गरेर जुनसुकै बेला "तपाईं" ट्याबबाट गेमर प्रोफाइलमा सजिलै ट्रान्जिसन गर्न सक्नुहुन्छ। तपाईं मोबाइल र PC मा एउटै प्रोफाइल प्रयोग गरी आफूले खेल्ने विभिन्न गेममा आफ्ना तथ्याङ्क, स्ट्रिक, प्रगति र उपलब्धिहरू सजिलै ट्र्याक गर्न सक्नुहुन्छ। तपाईं यहाँबाट हरेक उपलब्धि र हरेक जितको खुसियाली मनाउन सक्नुहुन्छ।

गेम खेल्दै गर्दा पनि जानकार रहिरहनुहोस्

Gemini लाइभ भएको Play Games साइडकिक भनेको तपाईंलाई आफूले खेलिरहेको गेमबाट नबाहिरिकन आफ्ना तथ्याङ्क, उपलब्धि र सुझावहरू सजिलैसँग हेर्ने सुविधा प्रदान गर्ने एउटा नयाँ गेमिङ सहयोगी हो। तपाईं गेम खेल्दै गर्दा Gemini लाइभबाट संवादात्मक तरिकाले प्रत्यक्ष मार्गदर्शन प्राप्त गर्न पनि सक्नुहुन्छ। Google Play बाट डाउनलोड गरिएका गेमहरू खेल्दा मात्र साइडकिक उपलब्ध हुन्छ। यो सुविधा चाँडै नै मोबाइल डिभाइसमा उपलब्ध हुँदै छ।

Google का सहायताले आफ्नो गेमको प्रगति सुरक्षित राख्नुहोस्

Google का सुरक्षितपना र सुरक्षाका सहायताले आत्मविश्वासका साथ मोबाइल र PC मा गेम खेल्नुहोस्। तपाईंका डेटा र डिभाइसहरू सुरक्षित राख्न Google Play ले हामीले उपलब्ध गराउने हरेक गेममा १०,००० भन्दा बढी सुरक्षितपनाको जाँच गर्छ।

प्रायः जसो सोधिने प्रश्नहरू

Google Play Games ले क्रस-डिभाइस गेमप्ले अझ सहज बनाएर मोबाइल, ट्याब्लेट र PC मा गेम खेल्ने सुविधा अझ राम्रो बनाउँछ। यो सुविधामा मोबाइल तथा PC का लागि प्रयोग गर्न मिल्ने एउटै गेमिङ प्रोफाइल, विभिन्न डिभाइसमा खेल्न मिल्ने गेमहरूको वृहत् क्याटलग, गेम खेल्दा आर्जन गर्न सकिने रिवार्ड, गेमिङसम्बन्धी व्यवस्थित जानकारी र Gemini लाइभ उपलब्ध भएको Play Games को साइडकिक (यो गेमिङ कम्प्यानियनका सहायताले गेमबाट नबाहिरिकनै सजिलैसँग जानकारी एक्सेस गर्न मिल्छ) समावेश गरिएका छन्। "तपाईं" ट्याब र साइडकिक सर्वप्रथम मोबाइल डिभाइसमा रिलिज गरिँदै छन्।
मोबाइलबाट सामेल हुन:
  1. Android मा Google Play स्टोर एप खोल्नुहोस्
  2. आफ्नो प्रोफाइल फोटोमा ट्याप गर्नुहोस्
  3. “Google Play Games मा सामेल हुनुहोस्” मा ट्याप गर्नुहोस्
  4. गेमर प्रोफाइल बनाउनका निम्ति दिइएका चरणहरूको पालना गर्नुहोस्।

तपाईं आफ्नो PC बाट पनि Google Play Games मा सामेल हुन सक्नुहुन्छ:
  1. आफ्नो Windows डेस्कटप वा ल्यापटपमा Google Play Games डाउनलोड गर्नुहोस्
  2. .exe फाइल खोल्नुहोस् र स्क्रिनमा देखाइएका निर्देशनहरूको पालना गर्नुहोस्
  3. तपाईंले Google Play Games on PC मार्फत आफ्नो खाता सेटअप गर्नुभयो भने तपाईंको Play Games प्रोफाइल स्वतः सेटअप हुन्छ। तपाईं पूर्ण रूपमा तयार हुनुहुन्छ।

यस सम्बन्धमा थप जानकारी प्राप्त गर्न हाम्रो मद्दत केन्द्रको लेख पढ्नुहोस्। Google Play Games on PC १४० वटा क्षेत्रभन्दा बढी क्षेत्रमा उपलब्ध छ। यी देशमा बसोबास गर्ने र योग्य डिभाइस भएका सबै मान्छेहरू PC मा गेम खेल्न सक्छन्।
अँ। तपाईंसँग Android मोबाइल डिभाइस छैन भने पनि तपाईं आफ्नो Windows PC डिभाइसमा Google Play Games प्रयोग गर्न सक्नुहुन्छ। iOS मोबाइल डिभाइसहरूमा उपलब्ध अधिकांश गेमहरू Google Play Games on PC मा पनि खेल्न मिल्छ।
तपाईं एउटा Google खातामा एउटा गेमर प्रोफाइल मात्र सेटअप गर्न सक्नुहुन्छ। तपाईंसँग एकभन्दा बढी Google खाता छन् भने तपाईं एकभन्दा बढी गेमर प्रोफाइल बनाउन सक्नुहुन्छ।
अहँ, तपाईंले मोबाइल वा PC मा Google Play Games प्रयोग गर्न पैसा तिर्नु पर्दैन। तर गेम खेल्दा तपाईंले गेम वा गेमबाट किन्न मिल्ने सामग्रीका लागि भने पैसा तिर्नु पर्ने हुन सक्छ।
हामीसँग विभिन्न डिभाइसमा खेल्न मिल्ने थुप्रै खालका गेमहरू उपलब्ध छन्। मोबाइलPC मा उपलब्ध गेमहरू हेर्नुहोस्।
आफ्नो Android मोबाइल डिभाइसमा गेमहरू इन्स्टल गर्न Google Play स्टोर खोल्नुहोस्, कुनै गेम खोज्नुहोस् र “इन्स्टल गर्नुहोस्” मा ट्याप गर्नुहोस्। PC मा गेमहरू इन्स्टल गर्न आफ्नो PC मा Google Play Games सेटअप गरिसकेपछि कुनै गेम खोज्नुहोस् र “इन्स्टल गर्नुहोस्” मा क्लिक गर्नुहोस्।
तपाईं Google Play Games मा सामेल हुनुभएन भने तपाईं आफ्नो Android मोबाइल डिभाइसमा "तपाईं" ट्याब वा Play Games साइडकिक जस्ता निश्चित सुविधाहरूको एक्सेस प्राप्त गर्नु हुने छैन।
आफ्नो Play Games प्रोफाइल मेटाउने तरिका जान्न यहाँ जानुहोस्।
तपाईंको PC अनिवार्य रूपमा यी मापदण्डहरूबमोजिम हुनु पर्छ:
  • Windows 10 (v2004)
  • १० जि.बि. खाली ठाउँ भएको Solid State Drive (SSD
  • IntelⓇ UHD Graphics 630 वा सो सरहका GPU
  • CPU मा ४ वटा फिजिकल कोर
  • ८ जि.बि. RAM
  • Windows एड्मिनको खाता
  • हार्डवेयर भर्चुअलाइजेसन सुविधा अन गरिएको हुनु पर्ने

Google Play Games

गेम खेल्न थाल्न सामेल हुनुहोस्

जारी राखेपछि तपाईं Google Play Games on PC सम्बन्धी एउटा इमेल प्राप्त गर्नु हुने छ