Android Accessibility Suite भनेको तपाईंलाई डिभाइसमा नहेरिकनै वा कुनै स्विच डिभाइसमार्फत आफ्नो Android डिभाइस प्रयोग गर्न सघाउने एक्सेसिबिलिटी एपहरूको एउटा सङ्ग्रह हो।
Android Accessibility Suite मा निम्न सुविधाहरू समावेश हुन्छन्:
• एक्सेसिबिलिटी मेनु: आफ्नो फोन लक गर्न, फोनको भोल्युम र स्क्रिनको चमक घटाउन वा बढाउन, स्क्रिनसट लिन र अन्य कार्यहरू गर्न स्क्रिनमा देखिने यो ठुलो मेनु प्रयोग गर्नुहोस्।
• सेलेक्ट टु स्पिक: आफ्नो स्क्रिनमा भएका सामग्री चयन गर्नुहोस् र तिनमा लेखिएको कुरा सुन्नुहोस्।
• TalkBack स्क्रिन रिडर: बोलेर दिइने प्रतिक्रिया सुन्नुहोस्, जेस्चरहरू प्रयोग गरी आफ्नो डिभाइस नियन्त्रण गर्नुहोस् र स्क्रिनमा देखिने ब्रेल किबोर्ड प्रयोग गरी टाइप गर्नुहोस्।
सुरु गर्न:
१. आफ्नो डिभाइसमा भएको सेटिङ एप खोल्नुहोस्।
२. "एक्सेसिबिलिटी" चयन गर्नुहोस्।
३. एक्सेसिबिलिटी मेनु चयन गरेर सेलेक्ट टु स्पिक वा TalkBack चयन गर्नुहोस्।
Android 7 (Android N) वा सोभन्दा पछिका संस्करण चल्ने डिभाइसमा मात्र Android Accessibility Suite प्रयोग गर्न सकिन्छ। Wear OS 3.0 वा सोभन्दा नयाँ संस्करण चल्ने डिभाइसमा मात्र TalkBack for Wear प्रयोग गर्न सकिन्छ।
अनुमतिसम्बन्धी सूचना
• फोन: तपाईंको कलको स्थितिका आधारमा सूचनाहरू दिन सकियोस् भन्नाका लागि Android Accessibility Suite ले फोनको स्थिति हेर्छ।
• एक्सेसिबिलिटी सेवा: यो एपले एक्सेसिबिलिटी सेवा प्रदान गर्ने भएकाले यसले तपाईंका कार्यहरूको अवलोकन गर्न, विन्डोमा भएको सामग्री पुनः प्राप्त गर्न र तपाईंले टाइप गर्ने टेक्स्ट हेर्न सक्छ।
• नोटिफिकेसनहरू: तपाईंले यो अनुमति दिनुभयो भने TalkBack ले तपाईंलाई अपडेटका बारेमा जानकारी दिन सक्छ।
मा अपडेट गरिएको
२०२६ मे १८